नेकपा (एमाले)को संसदीय दलको बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेपछि अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन्। पूर्वअर्थमन्त्री पौडेललाई सम्पद्धि शुद्धीकरणसम्बन्धी कसुरमा सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो।
बैठकमा यसबारे पनि छलफल हुने जनाइएको छ। त्यससँगै वर्तमान राजनीतिक घटनाक्रम र पार्टीको आगामी रणनीतिबारे छलफल हुने सचिव महेश बस्नेतले जनाएका छन्।




54
Shares

प्रतिक्रिया