नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो स्वास्थ्यले साथ दिए रास्वपा महाधिवेशनमा जाने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकारहरूसँग उनले स्वास्थ्यमा सुधार भए महाधिवेशनको उद्घाटन सत्रमा पुग्ने बताएका हुन्।
‘पूरै स्वस्थ भइसकेको छैन, भोलिसम्म फ्रेस भए जान्छु,’ उनले भने।
रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ सम्म चितवनको भरतपुरमा हुँदै छ।

प्रतिक्रिया