राजनीति


सक्रिय राजनीतिबाट बिदा लिएको कृष्णबहादुर महराको घोषणा

सक्रिय राजनीतिबाट बिदा लिएको कृष्णबहादुर महराको घोषणा

नेपालखबर
असार ४, २०८३ बिहिबार १७:२८, काठमाडौँ

पूर्वसभामुख एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन्। 

महराले बिहीबार प्रेस वक्तव्य जारी गरी सक्रिय राजनीतिबाट बिश्राम लिएको घोषणा गरेका हुन्। उनले नेकपाको साधारण सदस्य भने रहिरहने जनाएका छन्। 

महराले भनेका छन्, ‘निकै गह्रौँ मनका साथ आजकै मितिदेखि पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्य रहने निर्णय गरेको जानकारी गराउन चाहन्छु।’

पार्टी वा नेतृत्वसँग कुनै असन्तुष्टि कारण नभई स्वास्थ्य समस्याका कारण यस्तो निर्णय गर्न पुगेको उनले उल्लेख गरेका छन्। ‘यो निर्णइ कुनै असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई केवल स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यात्मक परिस्थितिको परिणाम हो,’ महराले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad