राजनीति


म गृहमन्त्री बनेपछि सुरक्षा निकायमा राजनीतिक दबाब र चलखेल अन्त्य भयो: सुधन गुरुङ

म गृहमन्त्री बनेपछि सुरक्षा निकायमा राजनीतिक दबाब र चलखेल अन्त्य भयो: सुधन गुरुङ

नेपालखबर
असार ४, २०८३ बिहिबार १३:५०, काठमाडौँ

गृहमन्त्री सुधन गुरुङले आफू नेतृत्वमा आएपछि सुरक्षा निकायमा राजनीतिक दबाब र चलखेल अन्त्य भएको दाबी गरेका छन्। 

बिहीबार विपद् व्यवस्थापन समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै  उनले उनले यस्तो दाबी गरेका हुन्। 

गृहमन्त्री गुरुङले गलत गर्ने आफ्नै पार्टीका भए पनि उनीहरुलाई नछाड्ने चेतावनी दिए। उनले विपद् व्यवस्थापनको सम्बन्धमा हिजोमात्रै सुरक्षा निकायलाई आफूले निर्देशन दिएको बताए। 

‘सेवा नै हाम्रो धर्म हो। सुरक्षा निकायहरू नागरिकको सेवामा खट्ने हो,’ उनले भने, ‘अपराध नियन्त्रणदेखि लिएर सबै कुरामा सबै सुरक्षा निकायका प्रमुखहरूसँग हिजो बैठक भएको थियो। यसमा हामी निर्मम रूपमा प्रस्तुत हुन्छौँ। गलत गर्ने आफ्नो पार्टी, अर्काको पार्टी भनेर हामीले हेर्दैनौँ। गलतलाई गलत नै भन्छौँ। कारबाही गर्छौँ।’

उनले मनसुनजन्य विपद् व्यवस्थापनको तयारीमा सरकार लागिसकेको बताए। पूर्व(पश्चिम राजमार्ग, पृथ्वी राजमार्ग लगायत विभिन्न सडक अवरुद्ध भइरहेका सन्दर्भमा गृह मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयबीच समन्वय भइरहेको उनको भनाई थियो। 

उनले विगतका सरकारका कामको आलोचना मात्र नगरी राम्रो अभ्यासलाई निरन्तरता दिँदै कमजोरी सुधार्दै सरकार अघि बढ्ने तर्क गरे। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad