राजनीति


एमालेले दोहोर्‍यायो- अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ

एमालेले दोहोर्‍यायो- अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ

नेपालखबर
असार १, २०८३ सोमबार १६:२०, काठमाडौँ

राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता प्रेमप्रसाद दंगालले अर्थमन्त्री डा. प्रेमप्रसाद दंगालले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन्।

संसदमा आर्थिक विधेयक र आय, व्ययको अनुमान समेत प्रस्तुत भइसकेपछि करको दर हेरफेर गर्ने अपराध गरेकाले अर्थमन्त्री वाग्लेले पदबाट राजीनामा दिनुपर्ने उनको तर्क थियो।

सोमबार प्रतिनिधि सभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै नेता दंगालले संसदीय छानबिन समिति गठनगरी अर्थमन्त्रीमाथि छानबिन गरी कारबाही गर्नुपर्ने पनि बताए। 

नेता दंगालले भने,‘संसदमा राजश्व र व्ययको अनुमान र आर्थिक विधेयक प्रश्तुत भईसकेपछि करका दरहरु हेरफेर गरियो। यो घटनाको सत्यतथ्य तत्काल छानबिन गर्न जरुरी छ। र, दोषउपर कडा कारबाही गर्न जरुरी छ। यत्रो घटना नेतृत्वको संलग्नता बेगर सम्भव नै छैन। त्यसो हुनाले अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्दछ। संसदीय छानविन समिति गठन गर्नुपर्दछ।’

उनले सरकारले ल्याएको बजेटले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य नलिएको भन्दै असन्तुष्टि व्यक्त गरे।

नेता दंगालले सरकारले बजेटमा राखेका राम्रा प्रावधानहरू पनि कार्यान्वयन हुनेमा शंका व्यक्त गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad