हङकङ विमानस्थल तोडफोड गर्ने बेलायती पर्यटक अदालत उपस्थित भएनन्, पक्राउ पुर्जी जारी

हङकङ विमानस्थल तोडफोड गर्ने बेलायती पर्यटक अदालत उपस्थित भएनन्, पक्राउ पुर्जी जारी

युसेफ बेनौई (एससीएमपी)


नेपालखबर
असार १, २०८३ सोमबार १६:२६, हङकङ

फेब्रुअरीमा हङकङ विमानस्थलको सेल्फ-चेक-इन किओस्क तोडफोड गरेका बेलायती पर्यटकलाई हङकङको पश्चिम काउलुन अदालतले पक्राउ पुर्जी जारी गरेको छ।

३५ वर्षीय ब्रिटिस नागरिक युसेफ बेनौईलाई फेब्रुअरी १६ को बिहान हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा तोडफोड गरेको आरोप छ।

५ हजार हङकङ डलर जमानतमा छुटेका उनी सोमबार अदालत उपस्थित हुनुपर्नेमा अनुपस्थित रहेपछि अदालतले पक्राउ पुर्जी दिएको हो।

अभियोजकलाई उद्धृत गर्दै स्थानीय मिडियामा उल्लेख भएअनुसार बेनौई हाल हङकङमा छैनन्। दैनिक प्रहरीलाई रिपोर्ट गर्ने र निश्चित ठेगानामा बस्ने सर्तमा रिहा भएका उनलाई हङकङ छोड्न निषेध भने गरिएको थिएन।

फेब्रुअरीमै भाइरल भएको एक भिडिओमा बेनौईले सेल्फ-चेक-इन किओस्कहरू पल्टाएको र बारम्बार स्ट्यान्चियनले हिर्काएको देखिएको थियो। भिडिओ सार्वजनिक भएपछि उनलाई पक्राउ गरिएको थियो।

यसरी तोडफोड गरेका थिए बेनौईले (भिडिओ)

घटना घटेको दिन फेब्रुअरी १६ बिहान करिब ६ बजे प्रहरीले उनलाई बस स्टप नजिकै नियन्त्रणमा लिएको थियो।

पक्राउ आरोपपत्रमा बेनौईले १० वटा सेल्फ-चेक-इन किओस्क, एउटा धातुको डिस्प्ले सेल्फ, एउटा गिलास प्यानल र एउटा इलेक्ट्रिक ब्यागेज ट्रयाक्टरमा क्षति पुर्‍याएको उल्लेख गरिएको छ।

सोही समयमा उनलाई हङकङमा भाग १ विषको रूपमा वर्गीकृत भियाग्राका चार ट्याब्लेट बोकेको आरोप पनि लागेको छ।

हङकङको न्युजपेपर साउथ चाइना मर्निङ पोस्ट लेख्छ, हङकङमा फौजदारी क्षतिको अधिकतम १० वर्ष जेल सजाय हुन्छ। तर, यस किसिमको हर्कत पहिलो पटक हो भने (अदालतमा मुद्दा चलेको आधारमा) भने दुई वर्षसम्म सीमित हुन्छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .