आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतासम्बन्धी विनियोजन विधेयकमा गरिब र गरिबी शब्द समेत नभएको भन्दै सांसद अर्जुनकुमार कार्कीले आपत्ति जनाएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद कार्कीले विनियोजन विधेयक गरिब र गरिबी शब्द नभेटेकोमा असन्तुष्टि जनाए। ‘यो विनियोजन विधेयक मैले दुई चोटी पढेँ। मेरो दायाँ र बायाँ बस्ने माननीयज्यूलाई मैले गल्ती गरेकी भनेर एकचोटी फेरि हेर्न पनि लगाएँ,’ सांसद कार्कीले थपे, ‘यसमा गरिब र गरिबी भन्ने शब्द सुरुदेखि अन्तिमसम्म कहीँ पनि छैन।’
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको ध्यानाकर्षण गराउँदै सांसद कार्कीले अतिकम विकसित राष्ट्रको श्रेणीम राख्ने निर्णयबारे चर्चा गरे। केही दिनअघि प्रधानमन्त्री वालेन्द्र शाह र अर्थमन्त्री डा. वाग्लेले नेपाललाई अतिकम विकसित राष्ट्रकै सूचीमा राख्ने संयुक्त राष्ट्रसंघलाई आग्रह गर्ने निर्णय गरेका थिए।
त्यसलाई इंगित गर्दै सांसद आचार्यले भने, ‘धेरै इन्डिकेटर गरिबीसँग सम्बन्धित छन्।’
गरिब र गरिबी शब्द नहुनुमा उनले अर्थमन्त्री वाग्लेलेलाई कटाक्ष गरे। ‘अर्थमन्त्रीज्यूले जानेर नछुटाएको होला। टाइपिङ गर्ने बेला छुटेको होला,’ उनले भने।
उनले देशको ठूलो जनसंख्या गरिबीको रेखामूनी नै रहेको स्मरण गराए। आउँदो बजेटमा त्यसलाई समेट्न आग्रह गरे।
‘हाम्रो देशमा गरिबीको रेखामूनि रहने ठूलो जनसंख्या छ,’ सांसद कार्कीले भने, ‘अर्थमन्त्रीज्यूलाई गरिब र गरिबीलाई नबर्सिदिन हार्दिक अनुरोध गर्दछु।’
Shares

प्रतिक्रिया