राजनीति


रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी १ मतले निर्वाचित

रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी १ मतले निर्वाचित

नेपालखबर
जेठ २३, २०८३ शनिबार २१:५२, पोखरा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको सभापतिमा यदुनाथ अधिकारी निर्वाचित भएका छन्। 

शनिबार सम्पन्न निर्वाचनमा अधिकारले प्रतिस्पर्धी एकराज न्यौपानेलाई एक मतले पराजित गरेका हुन्। यो जितसँगै उनी सभापतिमा दोहोरिएका छन्। 

अधिकारीले ११५ मत प्राप्त गरे भने न्यौपानेले ११४ मत प्राप्त गरेका छन्। कुल २३३ मतदातामध्ये चार जनाले कसैलाई पनि मतदान गरेनन्। 

त्यस्तै, सचिवमा विश्वराज पौडेल १२२ मत प्राप्त गरेर निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी टेकराज सापकोटाले १०६ मत प्राप्त गरेका छन्।

उपसभापतिमा चिनबहादुर गुरुङ र सहसचिवमा सुजन बस्ताकोटी निर्विरोध भएका छन्। सदस्यमा भेषराज तिमिल्सिना, लक्ष्मी पौडेल, श्याम गुरूङ र सीता चापागाईं निर्वाचित भएका छन्। 

यसअघि नै उपसभापतिमा चिनु गुरूङ, सहसचिवमा सुजन वस्ताकोटी, सदस्यमा श्रवणराज जमरकट्टेल, चित्रबहादुर क्षेत्री, राजकुमार भण्डारी र दलित महिला सदस्यमा लक्ष्मी परियार निर्विरोध निर्वाचित भएका थिए । सभापति, सचिव र चार जना सदस्य पदमा निर्वाचन भए पनि अन्य पदमा भने सहमति भएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad