राजनीति


परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच भेटवार्तापछि तीनबुँदे घोषणा

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच भेटवार्तापछि तीनबुँदे घोषणा

नेपालखबर
जेठ २३, २०८३ शनिबार २३:२७, काठमाडौँ

परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय समकक्षी एस. जयशंकरबीच भएको भेटवार्तापछि तीन बुँदे घोषणा जारी गरिएको छ। 

नयाँ दिल्लीमा शनिबार साँझ भएको भेटवार्तापछि दुवै पक्षले तीन बुँदे घोषणा जारी गरेका हुन्। खनाल र जयशंकरबीच भएको भेटवाताका क्रममा व्यापार र आर्थिक सहयोगका विषयमा छलफल भएको छ। 

त्यस्तै, सीमापार सम्पर्क, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन र खेलकुदमार्फत दुवै देशका जनताबीच सम्बन्धको प्रवर्द्धन गर्ने लगायतका विषयमा पनि छलफल भएको जनाएको छ। 

द्विपक्षीय छलफलपछि तीन बुँदे घोषणा जारी गरिएको हो। खनालसँगको फलदायी बैठकको निरन्तरता स्वरुप घोषणा गरिएको भारतले जनाएको छ। 

तीन बुँदे घोषणाको पहिलो बुँदामा भारतले नेपालमा निर्माण गरेका संरचना हस्तान्तरण गरिएको छ। २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत भारतले ७२ वटा स्वास्थ्य संस्था र १२ वटा साँस्कृतिक सम्पदा परियोजना निर्मण गरेको थियो। नयाँ दिल्लीमा भर्चुअल माध्यमबाट हस्तान्तरण गरिएको छ। 


दोस्रोमा सीमापार व्यक्तिगत विप्रेषणलाई सहज बनाउन बनाउने सहमति भएको छ। यसमा भारतको यूपीआई र नेपालको नेसनल पेमेन्ट्स इन्टरफेसबीच आबद्धता संयुक्त रूपमा सुरुवात गरिएको छ।

तेस्रोमा भारतको भारतको डिजिटल इन्डिया भाषिनी र काठमाडौँ विश्वविद्यालयबीच समझदारी पत्र आदानप्रदान भएको छ। नेपालका लागि भोइस फस्ट भाषा अनुवाद प्लेटफर्मको राष्ट्रिय डिजिटल पूर्वाधार सहनिर्माण गर्न समझदारी पत्र आदानप्रदानको गरिएको हो। जसमा दुवै देशका विदेशमन्त्री साक्षी बनेका छन्। 

यसअघि परराष्ट्रमन्त्री खनालले भारतका उच्च अधिकारीसँग भेटवार्ता गरेका थिए। भारत भ्रमणमा रहेका खनाल जेठ २४ स्वदेश फर्कने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad