राजनीति


परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

नेपालखबर
जेठ २३, २०८३ शनिबार २०:१३, काठमाडौँ

परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका छन्। 

शनिबार साँझ परराष्ट्रमन्त्री खनालले समकक्षी जयशंकरसँग भेटवार्ता गरेका हुन्। भेटवार्ताका क्रममा मन्त्री खनालले भारतको नेपालको सबैभन्दा महत्त्वपूर्ण साझेदार भएको उल्लेख गरे। 

भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको खनालले बताए। दुई देशबीचको सहकार्यलाई थप ठोस र अर्थपूर्ण रूपमा अगाडि बढाउन नेपाल पूर्ण रूपमा तयार खनालले बताए। 

नयाँ सरकार भारतसँगको सम्बन्धलाई थप सुदृढ बनाउन उच्च तहमा सक्रिय रूपमा संलग्न हुन तयार रहेको खनालले बताए। ‘नेपालले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको छ। नयाँ सरकारको नेतृत्वमा हामी ठोस रूपमा उद्देश्यसहित सम्भव भएसम्म उच्च तहमा संलग्न हुन तयार छौँ,’ खनालले भने। 

भेटवार्ताका क्रममा भारतीय विदेशमन्त्री जयशंकरले भारत र नेपालबीचको सम्बन्ध ‘बलियो जग’ मा आधारित भएको बताए। उनले यसलाई ‘विशेष’ भनेर उल्लेख गरे। 

उनले पश्चिम एसियामा जारी भूराजनीतिक तनाव र सङ्कट देखिएका बेला पनि भारतले नेपालका लागि इन्धनको आपूर्तिलाई निरन्तरता दिएको उल्लेख गरे। जयशंकरले भारत सधैँ नेपालको भरपर्दो साझेदार रहने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad