सेयरबजार लगातार दोस्रो दिन घटेको छ। सोमबार १.०३ अंकले ओरालो लागेको नेप्से मंगलबार पुनः ६.५१ अंकले घटेको हो।
योसँगै बजार २७२४.३९ विन्दुमा छ। यस दिन ३ अर्ब ८ करोडको कुल कारोबार भएको छ।
मंगलबार ११३ वटा सेयरको मूल्य बढ्दा १४५ वटाको घटेको छ भने १२ वटाको मूल्य घटबढ भएको छैन।
बढेकामध्ये कर्पोरेट डेभलपमेन्ट बैंकको १४.२६ प्रतिशतले उकालो लाग्दा बाँकी सेयरहरु अधिकतम ६.४१ प्रतिशतसम्म मात्रै बढेका छन्। घटेकामा भने ६.८४ प्रतिशतसम्मले मूल्यमा गिरावट आएको नेप्सेले जनाएको छ।
यस दिन सिटी होटल लिमिटेडको २३ करोडको कारोबार भएको छ। यो नै मंगलबारको उच्च सेयर कारोबार हो। नेप्सेका अनुसार विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स, निर्जीवन बीमा बढे पनि बाँकी समूह घटेका छन्।
12
Shares

प्रतिक्रिया