राजनीति


मापदण्ड नपुगेका अस्पताललाई कारबाही गर्नुपर्छ: प्रभा ढकाल

मापदण्ड नपुगेका अस्पताललाई कारबाही गर्नुपर्छ: प्रभा ढकाल

नेपालखबर
जेठ ५, २०८३ मंगलबार १२:२९, काठमाडौँ

प्रतिनिधि सभाकी सांसद प्रभा ढकालले मापदण्ड विपरीतका अस्पताललाई कारबाही गर्न सरकारसँग माग गरेकी छन्। 

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै ढकालले स्वास्थ्यकर्मीलाई तत्काल उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याइन्। संविधानमा उल्लेख गरिएको स्वास्थ्यसम्बन्धी मौलिक हकलाई लागू गरी सरकारले स्वास्थ्यकर्मीको उचित सम्मान गर्न आवश्यक रहेको उनको भनाइ थियो। 

‘स्वास्थ्य सेवा खस्किदै गएको छ। बिरामी र आफन्तहरू गुनासो गर्न बाध्य छन्। संविधानले सुनिश्चित गरेको स्वास्थ्यको मौलिक हक व्यवहारमा किन लागू हुन सकेको छैन,’ ढकालले भनिन्, ‘मापदण्ड नपुगेका अस्पताल, स्वास्थ्य संस्थामाथि सरकारले कडा कारबाही गरोस्। स्वास्थ्यकर्मीलाई सरकारले सम्मानजनक ढंगले पारिश्रमिक दिइयोस्।’

सांसद ढकालले सरकारले स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउने प्रयास गर्न नसकेको भन्दै असन्तुष्टि पनि व्यक्त गरिन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad