राजनीति


सरकारले सुनुवाइ नगर्ने हो भने शून्य समय बन्द गरियोस्: जगदीश खरेल

सरकारले सुनुवाइ नगर्ने हो भने शून्य समय बन्द गरियोस्: जगदीश खरेल

नेपालखबर
जेठ ५, २०८३ मंगलबार १२:३८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले प्रतिनिधि सभाको ‘शून्य समय’ मा उठाइएका जनसरोकारका विषयलाई सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाएका छन्। 

सांसदहरूले उठाएका गम्भीर मुद्दाहरू कार्यान्वयनमा नआएको खण्डमा शून्य समयको औचित्य नरहने खरेलको भनाइ छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खरेलले तामाकोशी आयोजनाको छानबिन र भेडपुका सुकुम्वासीको जग्गासम्बन्धी समस्या लगायतका विषयमा पटक-पटक कुरा उठाउँदा पनि सरकारले कुनै सुनुवाइ नगरेको गुनासो गरेका छन्। 

वर्षायाम सुरु हुन लाग्दा समेत पीडितका समस्या समाधानतर्फ सरकारको ध्यान नगएकोमा उनले असन्तुष्टि व्यक्त गरे। शून्य समयमा उठेका कुराहरू क्यामेराले खिचेर मात्रै नहुने र कार्यान्वयनमा ल्याउनुपर्ने उनको भनाइ छ। 

‘यदि क्यामेरामा रेकर्ड मात्र गर्ने र सुनुवाइ नगर्ने हो भने यो शून्य समय बन्द गरियोस्। होइन भने, यहाँ उठाइएका विषयहरूलाई सम्बोधन गर्न एक शक्तिशाली आयोग वा समिति गठन गरेर तत्काल कार्यान्वयनको प्रक्रियामा लगियोस्,’ खरेलले भने। 

सांसदहरूले उठाएका मागप्रति सरकार अनुत्तरदायी बन्दा यसअघि सांसद हरि ढकालले ‘मौन धारण’ गरेर विरोध जनाएको प्रसंग पनि उनले उल्लेख गरे। फेरि त्यस्तो परिस्थिति सिर्जना हुन नदिन सरकारलाई सचेत गराए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad