हालै नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेटेर नक्सा सार्वजनिक गर्ने निर्णय गरेको थियो।
लामो सयम बलिउडमा अभिनय गरेर ख्याती कमाएकी कोइरालाले नेपाल सरकारको निर्णयको समर्थन गरेकी थिइन्।
यसबीचमा नेपालको पक्षमा बोलेको भन्दै मनिषा कोइरालामाथि भारतीय मिडिया खनिएका हुन्।
नेपाली भूमिमा भारतले सडक बनाएपछि नेपाल–भारत सीमा विवादले उग्र रुप लिँदै गएको छ।
यसबीचमा हालै नेपालका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले ट्वीट गर्दै भनेका थिए,‘लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय। आधिकारिक नक्सा भूमिव्यवस्था मन्त्रालयले छिटै सार्वजनिक गर्दैछ।’
Thank you for keeping the dignity of our small nation..we all are looking forward for a peaceful and respectful dialogue between all three great nations now ? https://t.co/A60BZNjgyK
— Manisha Koirala (@mkoirala) May 18, 2020ज्ञवालीको ट्वीट रिट्वीट गर्दै कोइरालाले ट्वीटमा भनेकी थिइन्,‘हाम्रो सानो राष्ट्रको मर्यादा राख्नु भएकोमा धन्यवाद। हामी सबै अब तीन महान राष्ट्रहरुबीच शान्तिमय र सम्मानजनक छलफलको प्रतीक्षा गरिरहेका छौं।’
कोइरालाले गरेको यही ट्वीटको विषयलाई लिएर भारतीय मिडियाले उनको आलोचना गरिरहेको हो।
भारतको एबीपी टेलिभिजनले एक रिपोर्ट नै बनाएको छ जसले ‘मनिषा कोइरालाले भारतको खाएर चीनको गीत गाएको’ आरोप लगाएको छ।
रिपोर्टमा भनिएको छ,‘नक्सा विवादमा मनिषा कोइरालाले नेपालको पक्ष लिएको छ।’ कोइरालालाई प्रश्न गर्दै भनिएको छ,‘भारतको खाएर चीनको गीत किन गाएको?’
उक्त रिपोर्टमा कोइरालाले भारतकै कारण चर्चा कमाएको बताइएको छ। मनिषाले ट्वीटमा तीन देशले छलफल गरिनुपर्ने उल्लेख गरेका छन्।
मनिषाले चीनको इसारामा भारतविरोधी अभिव्यक्ति दिएको जनाइएको छ। नेपालीहरुले भने मनिषा कोइरालाको समर्थन गर्दै उनले एक सच्चा नागरिकको कर्तव्य पालना गरेको बताइरहेका छन्।
(भिडियो)

प्रतिक्रिया