राजनीति


कोरोना संक्रमित र सुत्केरीलाई फरक स्थानमा उपचारको व्यवस्था गर्न सुझाब

कोरोना संक्रमित र सुत्केरीलाई फरक स्थानमा उपचारको व्यवस्था गर्न सुझाब

नेपालखबर
जेठ ७, २०७७ बुधबार ६:५५,

राष्ट्रियसभाका सांसदले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहनका लागि संक्रमित व्यक्ति र अन्य बिरामीलाई फरकफरक तरिकाले व्यवस्थापन गर्न माग गरेकी छन्।

राष्ट्रियसभाको बुधबारको शून्य समयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नन्दा चपागाईंले कोरोना भाइरसका बिरामी र गर्भवती सुत्केरीको उपचार एकै ठाउँमा गरेको पाइएको हुँदा फरकफरक स्थानको व्यवस्था गर्न सरकारसँग माग गरेकी हुन्।

‘कतिपय अस्पतालमा कोरोना भाइरस सङ्क्रमित व्यक्तिको उपचार र गर्भवती तथा सुत्केरीको उपचार भएको देखियो’, सांसद चपाईंले भनिन्, ‘ती उपचार फरकफरक हुन जरुरी छ, जनतालाई सुविधा होस् मुख्य कुरा यही नै हो।’

नेपाली कांग्रेसका प्रकाश पन्थले सरकारले विदेशमा संकटमा परेका नेपालीलाई नेपालमा ल्याउने व्यवस्था मिलाउनुपर्ने सुझाब दिए।

उनले भनिन्, ‘सबै नेपालीलाई विदेशबाट ल्याउनुपर्छ भन्ने होइन, कामविहीन र समस्यामा परेका नेपालीलाई ल्याउनुपर्छ, सरकार नेपाली नागरिकको अभिभावक हो।’

सांसद पन्थले क्यारेन्टाइन बनाउन समस्या परेको भन्ने कुरा आइरहेको उल्लेख गर्दै नेपालमा धेरै सुविधासम्पन्न होटललाई क्वारेन्टिन प्रयोग गर्नसमेत सुझाब दिए। नेकपाका मायाप्रसाद शर्माले कोरोना भाइरसको सङ्क्रमणका कारण विपद्मा परेका नागरिकको सुरक्षाका लागि सरकारले ध्यान दिनुपर्ने सुझाब दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad