समाज


ट्रम्पले भनेः अमेरिकामा सबैभन्दा बढी कोरोना संक्रमित हुनु सम्मानको विषय

ट्रम्पले भनेः अमेरिकामा सबैभन्दा बढी कोरोना संक्रमित हुनु सम्मानको विषय

नेपालखबर
जेठ ७, २०७७ बुधबार ६:३३,

हाल अमेरिकामा सबैभन्दा बढी कोरोना संक्रमित छन्। त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि सबैभन्दा बढी छ।

हालसम्म अमेरिकामा १५ लाख ७९ हजार ५८३ मा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये ९३ हजार ५३३ को मृत्यु हुँदा ३ लाख ६१ हजार १८० उपचारपछि स्वस्थ बनेका छन्।

यसबीचमा ट्रम्पले कोरोना संक्रमित सबैभन्दा बढी अमेरिकामा हुनु सम्मानको विषय भएको तर्क गरेका हुन्।

सोमबार कोरोनाको प्रकोपबीच पहिलोपटक क्याबिनेट बैठकको आयोजना गरेका ट्रम्पले पत्रकारसँग भने,‘अमेरिकामा कोरोना संक्रमित बढी देखिनुको कारण अमेरिकाले सबैभन्दा बढी कोरोना परीक्षण गरेको छ।’

‘त्यसैले अमेरिकामा धेरै संक्रमित छन् भन्दा मलाई नराम्रो लाग्दैन, हाम्रोमा परीक्षण निकै राम्रो छ’ ट्रम्पले भने,‘त्यसैले म यसलाई सम्मानको विषयमा भएको देख्छु।’ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad