ad ad

राजनीति


४५ लाख नेपाली विदेशबाट ल्याउने कुरा सहज होइनः प्रधानमन्त्री

४५ लाख नेपाली विदेशबाट ल्याउने कुरा सहज होइनः प्रधानमन्त्री

नेपालखबर
जेठ ६, २०७७ मंगलबार ९:१५,

प्रधानमन्त्री केपी शर्मा ओलीले बिभिन्न देशमा रहेका लाखाैं नेपाली नागरिकलाई स्वदेश ल्याउने काम सहज नभएको बताएका छन्।

प्रधानमन्त्री ओलीले संसदमा संवोधन गर्दै खाडी लगायतका कैयौं मुलुकमा झन्डै ४५ लाख नेपालीहरु रहेको हुँदा उनीहरुलाई कसरी ल्याउने भन्नेबारे तयारी भइरहेको बताए।

उनले विदेशबाट ह्वारह्वारती नेपाली ल्याएर कोरोना मात्र फैलाएर समस्या बल्झाउन नहुने बताए।

‘४५ लाख ल्याउन हामीसँग कति जहाज छन? दुई–चारवटा होलान्, ती जहाज लगातार उडाउँदा कति समय लाग्छ। यो त्यति सहज विषय होइन। अमेरिकाले १५० नागरिक जहाज चार्टर गरेर लगेजस्तो, अष्ट्रेलियाले २५० मान्छे फिर्ता लग्यो भनेजस्तो होइन,’ प्रधानमन्त्रीले संसदमा भने।

देशभित्रका नागरिकको सुरक्षाको व्यवस्था र बाहिरबाट ल्याउने कुरामा सरकार स्पष्ट र क्रियाशिल रहेको संसदलाई जानकारी दिए।

कतार, यूएई, बहराइन लगायत ठूलाे संख्यामा नेपालीहरु रहेका मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरुसँग आफूले कुरा गरेको र परराष्ट्रमन्त्रीले आफ्ना समकक्षीहरुसँग कुरा गरेर अल्पत्र परेका नेपाली नागरिकलाई तत्काल समस्यामा पर्न नदिने प्रतिबद्धता प्राप्त गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .