ad ad

समाज


स्थापनाको ५७ वर्षपछि महाकाली अस्पतालमा आफ्नै फार्मेसी

स्थापनाको ५७ वर्षपछि महाकाली अस्पतालमा आफ्नै फार्मेसी

गोकुल जोशी
जेठ ६, २०७७ मंगलबार ९:१७,

कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित महाकाली अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गरेको छ। अस्पताल स्थापनाको साढे पाँच दशक पछि आफ्नै फार्मेसी सञ्चालन गर्न सफल भएको हो।

अस्पताल स्थापना भएको साढे पाँच दशक पछि अर्थात ५७ वर्षमा अस्पतालले आफ्नै फार्मेसी सेवा सञ्चालन गर्न सफल भएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर)ले बताए।

मंगलबार जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङ्गले फार्मेसीको उद्घाटन गरे। हरेक सरकारी अस्पतालमा आफ्नै फार्मेसी राख्ने सरकारको निर्णय अनुरुप महाकालीले पनि चालु आर्थिक वर्षदेखि आफ्नै फार्मेसी सुरु गरेको हो। अस्पताल परिसरमै फार्मेसी स्थापना भएपछि विपन्न एवं गरिब समूदायका बिरामीलाई ठुलो राहत हुने अध्यक्ष जोशीले बताए।

२५ लाख बराबरको आधारभूत औषधि राखेर स्थापना गरिएको फार्मेसीमा विस्तारै थप औषधि थप्दै जाने उनले बताए।

‘हामीसँग तत्काल आधारभूत सबै प्रकारका औषधि छन्, ‘उनले भने, ‘थप औषधि समेत विस्तार गछौँ।’ दुई फार्मेसी र एक सहयोगी तीन जनशक्ति रहेको फार्मेसी बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।

वि.स. २०२० सालमा प्राथमिक स्वाथ्य केन्द्रका रुपमा स्थापना भएको अस्पताल ०३३ मा जिल्ला अस्पताल, ०४३ मा अञ्चल, ०६१ सालमा सय बेडको विस्तार र ०७५मा प्रादेशिक अस्पतालका रुपमा स्तरबृद्धि गरिएको हो। अस्पताल सुधारोन्मुख भइरहेका बेला फार्मेसी समेत स्थापना भएपछि स्थानीयले अस्पतालको काम सकारात्मक भएको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .