ad ad

समाज


ट्रम्पको चेतावनीः डब्लूएचओलाई गरिने सहयोग सँधैका लागि रोक्छौं, सदस्य नै बन्दैनौं

ट्रम्पको चेतावनीः डब्लूएचओलाई गरिने सहयोग सँधैका लागि रोक्छौं, सदस्य नै बन्दैनौं

नेपालखबर
जेठ ६, २०७७ मंगलबार ९:०,

३० दिनभित्र सुधारको काम गर्न नसकेको खण्डमा अमेरिकाले स्थायी रुपमा सहयोग कटौती गर्ने ट्रम्पको भनाइ रहेको छ।

डब्लूएचओका प्रमुख टेड्रोस एडह्यानम गिब्रिएसुसलाई पत्र लेख्दै ट्रम्पले उल्लेख्य सुधारका काम नगरे अमेरिकाले डब्लूएचओको सदस्य नै नबन्ने चेतावनी पनि दिएका छन्।

डब्लूएचओले चीनबाट स्वतन्त्र भएर देखाउनु पर्नेपनि ट्रम्पले पत्रमा उल्लेख गरेका छन्।

‘वुहानमा गत वर्षको अन्त्यतिर भाइरस फैलिएको विश्वसनीय विवरणलाई डब्लूएचओले पटकपटक बेवास्ता गर्‍यो’ उक्त पत्रमा ट्रम्पले भनेका छन्,‘डब्लूएचोले अब चीनबाट स्वतन्त्र भएर देखाउनुपर्छ।’

ट्रम्पले बारम्बार डब्लूएचओलाई चीन केन्द्रित भएको र चीनले भनेको मानेको आरोप लगाउँदै आएका छन्। पत्रमा ट्रम्पले डब्लूएचओ चीनको कठपुतली भएको पनि उल्लेख गरेका छन्।

बीबीसीका अनुसार ट्रम्पले पत्रमा डब्लूएचओले अमेरिकालाई नराम्रो सुझाव दिएको पनि जनाएका छन्।

कोरोनाको प्रभाव बढ्दै जाँदा अमेरिकाले चिनियाँ नागरिकलाई आफ्नो देश प्रवेशमा निषेध गरेको थियो। त्यसबेला डब्लूएचओले अमेरिकी कार्य अमानवीय भएको बताएको थियो।

तर केहीहप्तामै सबै राष्ट्रले कोरोना संक्रमणको त्रासपछि चिनियाँ नागरिकलाई आफ्नो देश प्रवेशमा कडाइ गरेका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .