गण्डकी प्रदेशका प्रमुख सचिव डन्डुराज घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। मुद्दा दायर भएसँगै घिमिरे निलम्बनमा परेका छन्।
पोखरा विमानस्थल निर्माणमा कर छुटसम्बन्धी अनियमिततामा उनीसहित १३ जनाविरुद्ध बिहीबार अख्तियार दुरुपयोग अनुसनधान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
पर्यटन मन्त्रालयमा सहसचिवका रुपमा काम गरेका बेला उनी करछुटसम्बन्धी अनियमिततामा संलग्न भएको अख्तियारको दाबी छ।
सो प्रकरणमा अख्तियारले पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्कीसहित पूर्वसचिवहरू शंकर अधिकारी, केवल भण्डारी, महेश्वर न्यौपाने र सुरेश आचार्यलाई पनि प्रतिवादी बनाएको छ।
330
Shares

प्रतिक्रिया