राजनीति


बालेनलाई किरातीले भने- यो देश हाम्रो पनि हो

बालेनलाई किरातीले भने- यो देश हाम्रो पनि हो

नेपालखबर
बैशाख ११, २०८३ शुक्रबार १३:४, काठमाडौँ

पूर्वमन्त्री सुदन किरातीले सुकुम्बासी समस्या डोजरले नभएर दृष्टिकोणले समाधान गर्न सरकारलाई आग्रह गरेका छन्। 

शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई मेन्सन गर्दै किरातीले सुकुम्बासी बस्तीमा डोजर चलाउन हतार नगर्न आग्रह गरेका छन्। ‘सरकार! सुकुम्बासी समस्या डोजरले होइन, दृष्टिकोणले समाधान गरियोस,’ किरातीले भनेका छन्। 

काठमाडौँको थापाथली लगायतका सुकुम्बासी बस्ती हटाउने सरकारको कदमको विरोध गरेका छन्। उनले प्रश्न गरेका छन्, ‘सुकुम्बासीमाथि डोजर चलाउनु किन हतार? संवाद, समय र वैकल्पिक व्यवस्था गर्ने वारे किन सोचिएन?’

उनले जनभावना अनुसार काम गर्न प्रधानमन्त्री शाहलाई सचेत गराएका छन्। जनभावना विपरीत हिड्दा विगतको जस्तै नियती भोग्नुपर्ने बताएका छन्। 

‘गिरिजा सरकार ३६ सिटे र ७२ सिटे हुँदै मध्यावधि निर्वाचनको घोषणासँगै अस्थिरतामा गयो। प्रचण्ड सरकार कटुवाल काण्डबाट अल्झियो। झण्डै दुई तिहाइको ओली सरकार गुठी प्रकरणले जनविश्वास गुमायो। बालेन शाह  नेतृत्वप्रति पनि प्रश्न उठिरहेको छ,’ किरातीले भनेका छन्, ‘यो देश हाम्रो पनि हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad