खेल


इशानको अर्धशतकमा नेपाल ‘ए’ले ओमनलाई दियो २८५ रनको लक्ष्य

इशानको अर्धशतकमा नेपाल ‘ए’ले ओमनलाई दियो २८५ रनको लक्ष्य

नेपालखबर
बैशाख ११, २०८३ शुक्रबार १३:११, काठमाडौँ

नेपाल ‘ए’का तीन खेलाडीले अर्धशतक पूरा गरेपछि ओमनविरुद्धको दोस्रो एक दिवसीय खेलमा टोलीले २८५ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ। 

शुक्रबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा ओमनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ‘ए’ टोलीले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २८४ रनको योगफल तयार पारेको हो। नेपाल ‘ए’का लागि इशान पाण्डेले सर्वाधिक ६९ रन बनाउँदा जितेनकुमार रामानन्दीको बलमा क्याच आउट हुन पुगे। 

देव खनाल ६४ रन बनाउँदा सिद्धार्थ बुक्कापट्नमको बलमा क्याच आउट नै भए। ३२ बलमा ५७ रन बनाएका कुशल मल्ल रन आउट हुन पुगे। 
त्यस्तै, सन्दीप जोराले ४२ रन बनाउँदा वसिम अलीको बलमा क्याच आउट नै भए। सन्तोष यादव १५ रनमा अविजित रहे। अर्जुन कुमाल १३ र अनिल कुमार शाह ७ रनमा पेभेलियन फर्के। 

ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। नेपाल ‘ए’ टोली पहिलो खेलमा ओमानसँग ७० रनले पराजित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad