राजनीति


एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने

एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने

नेपालखबर
चैत १८, २०८२ बुधबार १५:१४, काठमाडौँ

नेकपा (एमाले) संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन हुने भएको छ।

बुधबार एमाले केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति नजुटेपछि निर्वाचन गर्न लागिएको हो। सर्वसम्मतका लागि रामबहादुर थापा ‘बादल’को नाम प्रस्ताव गरिएको थियो। तर सांसद सुहाङ नेम्वाङले पनि दाबी गरेपछि चुनाव गर्न लागिएको सांसद सोम पोर्तेलले जानकारी दिए। 

एमालेले केन्द्रीय सदस्य निरज आचार्यको संयोजकत्वमा निर्वाचन कमिटी गठन गठन गरेको छ। निर्वाचन कमिटीले संसदीय दलको नेता चयनका लागि तयारी सुरु गरेको छ। 

यसअघि रामबहादुर थापा ‘बादल’लाई संसदीय दलका नेता बनाउने तयारी थियो। तर, सुहाङ नेम्वाङले पनि दाबी गरेपछि निर्वाचन हुन लागेको हो। 

आजको बैठकमा सुहाङले पनि संसदीय दलको नेतामा दाबी गरेको एमाले सांसद ऐनबहादुर महरले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad