राजनीति


सभामुखको निर्वाचन चैत २२ गते

सभामुखको निर्वाचन चैत २२ गते

नेपालखबर
चैत १८, २०८२ बुधबार १५:१३, काठमाडौँ

यही चैत २२ गते प्रतिनिधि सभाका सभामुखको चयन हुने भएको छ।

आज बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो। 

यसका लागि चैत २० गते सभामुखको उम्मेदवारी मनोनयन हुनेछ।

यही चैत १९ गते सरकारले प्रतिनिधि सभाको पहिलो बैठक बोलाएको छ। पहिलो बैठकमा समामुख र उपसभामुख निर्वाचनको कार्यसूची पेस हुनेछ।

संसद बैठकअघि आज संसदमा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बसेको हो। 

१९ गते संसदको पहिलो बैठकमा सभामुख निर्वाचनका लागि प्रस्ताव पेस गर्ने, २० गते मनोनयन दर्ता गर्ने र २२ गते निर्वाचन गर्ने कार्यतालिका तय गरिएको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

झण्डै दुई तिहाई बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालको सभामुखमा चर्चा छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad