राजनीति


अध्यक्ष ओली पक्राउको विरोध गर्दै योगेशले भने: पार्टीले कानुनी र राजनीतिक बाटो लिनुपर्छ

अध्यक्ष ओली पक्राउको विरोध गर्दै योगेशले भने: पार्टीले कानुनी र राजनीतिक बाटो लिनुपर्छ

नेपालखबर
चैत १४, २०८२ शनिबार १०:५०, काठमाडौँ

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले जेनजी आन्दोलनको घटनामा आफ्ना अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोध गरेका छन्।

लोकतान्त्रिक व्यवस्थामा राज्य र सरकार आक्रामक होइन संयम हुनुपर्ने उल्लेख गर्दै भट्टराईले अध्यक्ष ओलीलाई तुरुन्त रिहा गर्न माग पनि गरेका छन्। 

‘प्रतिशोध र बदला होइन, संवाद र सहकार्यको बाटोमा जानुपर्दछ। कानुनी राज्य र विधिको शासनको उपहास मान्य छैन। घटनाको न्यायीक, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्दछ’, भट्टराईले शनिबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीको निन्दा गर्दछु। अविलम्ब रिहाइको माग गर्दछु।’

जनताबाट प्राप्त जनादेशको दुरुपयोग नगर्न सरकारको ध्यानाकर्षण गराउँदै एमाले उपमहासचिव भट्टराईले पार्टीलाई पनि कानुनी र राजीनिक बाटो अपनाउन अपिल गरेका छन्। 

‘हाम्रो पार्टीले कानुनी र राजनीतिक बाटो लिनुपर्दछ। संयम र धैर्यताका साथ एकताबद्ध भएर प्रतिकूल परिस्थितिको सामना गरिनेछ’, उनले अगाडि लेखेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad