राजनीति


रमेश लेखक पक्राउ परेपछि कांग्रेसले बोलायो पदाधिकारी बैठक

रमेश लेखक पक्राउ परेपछि कांग्रेसले बोलायो पदाधिकारी बैठक

पूर्वगृहमन्त्री रमेश लेखक (फाइल फोटो)


नेपालखबर
चैत १४, २०८२ शनिबार १०:१६, काठमाडौँ

पूर्वगृहमन्त्रीसमेत रहेका आफ्ना नेता रमेश लेखकलाई प्रहरीले पक्रेपछि नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। 

आज (शनिबार) बिहान ११ बजेका लागि पार्टी कार्यालय सानेपामा पदाधिकारी बैठक बाेलाइएकाे कांग्रेसका सहमहामन्त्री याेगेन्द्र चाैधरीले नेपालखबरलाई जानकारी दिए। 

जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको अभियोगमा तत्कालीन लेखकलाई प्रहरीले शनिबार बिहानै भक्तपुरको कटुन्जेस्थित घरबाटै गिरफ्तार गरेको हो। 

तीनकुनेस्थित कान्तिपुर अस्पतालमा स्वास्थ्य परीक्षणपश्चात् उनलाई अहिले महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको छ। 

सोही अभियोमा आजै बिहान तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि प्रहरीले पक्रेको छ।  

भक्तपुरको गुण्डुस्थित निवासबाटै गिरफ्तार गरिएका ओलीलाई काठमाडौँ जिल्ला प्रहरी परिसरबाट स्वास्थ्य परीक्षणका लागि अहिले महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पताल पुर्‍याइएको छ।

ओलीलाई टिचिङ अस्पतालको ‘रेड जोन’काे २७ नम्बर बेडमा राखिएको छ। रेड जोनमा विशेष र जटिल प्रकारका बिरामीलाई राख्ने गरिन्छ। 

स्वास्थ्य जाँच भइसकेपछि पूर्वप्रधानमन्त्री ओलीलाई कहाँ राख्ने भन्ने टुंगो लाग्ने काठमाडौँ प्रहरी परिसरका प्रवक्ता, एसपी पवनकुमार भट्टराईले नेपालखबरलाई जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad