राजनीति


सिंहदरबार छिरेकै दिन बालेनको सक्रियता: मन्त्रीदेखि सचिवसम्मलाई बोलाएर लिँदैछन् ब्रिफिङ

सिंहदरबार छिरेकै दिन बालेनको सक्रियता: मन्त्रीदेखि सचिवसम्मलाई बोलाएर लिँदैछन् ब्रिफिङ

नेपालखबर
चैत १३, २०८२ शुक्रबार १५:९, काठमाडौँ

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पदभार ग्रहण गरेसँगै सिंहदरबारमा आफ्नो सक्रियता तीव्र पारेका छन्। आजै प्रधानमन्त्री नियुक्त भई १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका शाहले अपरान्हका लागि महत्वपूर्ण बैठक आह्वान गरेका हुन्।

प्रधानमन्त्री शाहले नवनियुक्त सबै मन्त्रीहरू र नेपाल सरकारका विशिष्ट श्रेणीका सचिवहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएका छन्। यो बैठकलाई बालेन सरकारको पहिलो 'ब्रिफिङ सेसन' का रूपमा हेरिएको छ, जहाँ उनले मन्त्रालयगत अवस्था र तत्काल गर्नुपर्ने कामबारे जानकारी लिनेछन्।

प्रधानमन्त्रीले सबै मन्त्रालयको वस्तुस्थिति र तत्कालिन चुनौतीबारे ब्रिफिङ लिने सम्भावना छ। प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, 'यो केवल परिचयात्मक बैठक हो वा नयाँ सरकारको 'डेलिभरी' को लय दिने हो निश्चित छैन।'

काठमाडौं महानगरको मेयरका रूपमा 'एक्सन' ओरिएन्टेड पहिचान बनाएका बालेनले सिंहदरबारको यात्रा सुरु गरेसँगै कर्मचारीतन्त्रमा पनि नयाँ हलचल पैदा भएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad