राजनीति


बालेनले लिए प्रधानमन्त्रीको शपथ

बालेनले लिए प्रधानमन्त्रीको शपथ

नेपालखबर
चैत १३, २०८२ शुक्रबार १२:३५, काठमाडौँ

नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पद तथा गोपनियताको शपथ लिएका छन्। 

शुक्रबार राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहलाई पद तथा गोपनियताको शपथ गराएका हुन्। यसअघि शुक्रबार बिहान राष्ट्रपति पौडेलले शाहलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। 

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, निवर्तमान प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीलगायत नेता उपस्थित रहेका थिए।

समारोहमा संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, यहाँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित थिए। 

प्रधानमन्त्रीको शपथ पहिलोपटक वैदिक-सनातन परम्परा भल्किने गरी गरिएको छ। समारोहमा सात शङ्खबाट शङ्खनादसँगै १०८ जना वटुकले स्वस्ति-शान्ति वाचन र १०८ बौद्ध भिक्षु लामाले शुभ-मङ्गल पाठ गरेका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad