राजनीति


नवनिर्वाचित सांसदको शपथ ग्रहण बिहीबार दिउँसो २ बजे तय

नवनिर्वाचित सांसदको शपथ ग्रहण बिहीबार दिउँसो २ बजे तय

नेपालखबर
चैत ११, २०८२ बुधबार १७:२३, काठमाडौँ

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण बिहीबार दिउँसो तय गरिएको छ। 

बिहीबार दिउँसो २ बजे शपथ ग्रहण गर्ने तय भएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बताए। शपथ ग्रहण कार्यक्रम सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुनेछ। 

नवनिर्वाचित सांसदलाई ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउनेछन्। केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad