राजनीति


एमाले रुपान्तरणका लागि योगेश भट्टराईले मागे तीन विषयमा सुझाव

एमाले रुपान्तरणका लागि योगेश भट्टराईले मागे तीन विषयमा सुझाव

नेपालखबर
चैत ९, २०८२ सोमबार १६:४२, काठमाडौँ

नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले प्रतिनिधि सभामा बेहोरेको हारसँगै नयाँ ढंगले अघि बढ्न तीन वटा विषयमा सुझाव मागेका छन्। 

उपमहासचिव भट्टराई सोमबार सामाजिक सञ्जालमार्फत देश तथा विदेशमा रहेका शुभचिन्तकसँग सुझाव मागेका हुन्। उनले प्रतिनिधि सभाको निर्वानमा भएको हारलाई ठूलो धक्का भनेका छन्। 

‘निर्वाचनको परिणामले एमालेलाई ठूलो धक्का लागेको छ,’ भट्टराईले भनेका छन्, ‘एमाले जस्तो लोकप्रिय, बलियो जनआधार र बलियो संगठन भएको पार्टी किन यो हालतमा पुग्यो? यसको वस्तुनिष्ठ समिक्षा हुनुपर्दछ।’

अब आग्रहभन्दा माथि उठेर समीक्षा गर्नुपर्ने उनको भनाइ छ। ‘फेरि पनि एमालेको एकता, रूपान्तरण, पुनर्गठन र पुनर्जागरणका लागि नयाँ संकल्प सहित अघि बढ़नु पर्दछ,’ उनले भनेका छन्। 

उनले त्यसका लागि उनले तीन वटा विषयमा सुझाव दिन आग्रह गरेका छन्। पहिलो, चुनावमा भएको हारलाई लिएर उनले सोधेका छन्, ‘निर्वाचनमा एमालेको कमजोर परिणाम आउनुमा कुन कुन कारण होलान? र किन? (नीति, नेतृत्व, संगठन, व्यवहार, कार्यशैली, व्यवस्थापन, एजेन्डा, प्रचार आदि) आन्तरिक र बाह्य कारण?’

दोस्रो, एमालेको रुपान्तरणका लागि सुझाव मागेका छन्। ‘एमालेको रूपान्तरणका लागि कुन कुन पक्षमा के के सुधार गर्नु पर्ला? सुधारका प्रस्ताव सहित। अनि रूपान्तरणको विधि र प्रक्रिया बारेमा,’ उनले लेखेका छन्। 

तेस्रो, एमालेका सबल र कमजोर पक्षबारे सुझाव दिन भनेका छन्। यसमा एमालेको सम्भावनाका विषयमा सुझाउन आग्रह गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad