राजनीति


चुनावमा पराजयपछि कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

चुनावमा पराजयपछि कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

फाइल तस्बिर


नेपालखबर
चैत ४, २०८२ बुधबार १५:१०, काठमाडौँ

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। 

चुनावमा पराजयपछि कांग्रेसले पहिलोपटक केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो

बैठक यही चैत्र ६ गते शुक्रबार दिनको १ः०० बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्ने केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।  

‘बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ दुललले भने। 

कांग्रेसमा चुनावको परिणामपछि आन्तरिक विवाद बढ्दै गएको छ। 

चुनावमा पराजय भएपछि असन्तुष्ट पक्षले सभापति गगन थापाको राजीनामा माग्न थालेको छ। सभापति थापाले पनि पराजयको नैतिक जिम्मेवारी दिँदै राजीनामा दिने मनस्थिति बनाएका उनी निकट नेताहरूले बताउँदै आएका छन्। 

तर, उपसभापति विश्वप्रकाश शर्मासहितका नेताहरूले भने थापाले राजीनामा दिनुनपर्ने बताउने गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad