ग्लोबल


दिल्लीमा घरमा आगलागी हुँदा एकै परिवारका ७ जनाको मृत्यु

दिल्लीमा घरमा आगलागी हुँदा एकै परिवारका ७ जनाको मृत्यु

नेपालखबर
चैत ४, २०८२ बुधबार १५:१५, काठमाडौँ

दिल्लीको पालममा रहेको एक घरमा बुधबार बिहान आगलागी हुँदा एकै परिवारका सात जनाको मृत्यु भएको छ।

पीटीआईका अनुसार बिहान ७ बजेतिर भएको आगलागीमा ३ बालबालिकासहित एकै परिवारका ७ जनाको मृत्यु भएको हो। 

प्रत्यक्षदर्शीका अनुसार आगलागी भएको भवनको तल कस्मेटिक्स पसल थियो र माथिल्लो तलामा मानिसहरू बस्थे।

घटनाका बेला घरमा कति जना थिए भन्ने ठ्याक्कै संख्या अझै थाहा हुन सकेको छैन। 

दिल्लीका मुख्यमन्त्री रेखा गुप्ताले घटनाप्रति दुःख व्यक्त गरेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad