राजनीति


रास्वपाको ताप र नयाँको राप: सांसदलाई 'कुल' बनाउन योग र ध्यानको अभ्यास

रास्वपाको ताप र नयाँको राप: सांसदलाई 'कुल' बनाउन योग र ध्यानको अभ्यास

रास्वपाकी सांसद रिमा विश्वकर्मा, पहिलैदेखि ध्यान गर्छिन्।


नेपालखबर
चैत ४, २०८२ बुधबार १२:३९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसद र केन्द्रीय सदस्यहरूलाई संसदीय अभ्यासमा अभ्यस्त गराउन आयोजना गरेको अभिमुखीकरणको दोस्रो दिन बुधबार योग र ध्यान गराएका छन्। संसद्मा हुने सम्भावित चर्को बहस, दबाब र उत्तेजनापूर्ण वातावरणमा संयम कायम राख्न मद्दत पुग्ने उद्देश्यले सांसदहरूलाई सामूहिक योगाभ्यास गराइएको हो।

बुधबार बिहानैदेखि सुरु भएको सत्रमा एलपी भानु शर्माले सांसदहरूलाई योग र ध्यानको महत्वबारे प्रयोगात्मक प्रशिक्षण दिएका थिए। रास्वपाका केही महिला सांसद पहिलैदेखि ध्यान गर्नेहरू छन्।

योग र ध्यानपछि सुरु भएको प्राज्ञिक सत्रमा पूर्वसचिव डा. तोयानारायण ज्ञवालीले सरकार सञ्चालन प्रक्रिया, योजना तर्जुमा तथा बजेट निर्माणका प्राविधिक पक्षबारे सांसदहरूलाई प्रशिक्षण दिए। त्यसैगरी, पूर्वसचिव प्रतापकुमार पाठकले ‘सुशासन: अवधारणा र अभ्यास’ सम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गर्दै जनप्रतिनिधिको जवाफदेहिताका बारेमा प्रकाश पारेका थिए।

रास्वपाले आफ्ना जनप्रतिनिधिलाई विधायिकी प्रक्रिया, नीति निर्माण र संसदीय समितिको भूमिकाबारे स्पष्ट बुझाइ विकास गर्न यो तीन दिने कार्यक्रम आयोजना गरेको हो।

पार्टी र सांसदको सम्बन्ध
अभिमुखीकरणको पछिल्लो सत्रमा पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटी र केन्द्रीय सदस्य आरके ढुंगानाले पार्टी र सांसदबीचको सम्बन्ध, नयाँ राजनीतिक संस्कारमा सांसदको भूमिका, आचारसंहिता तथा न्यूनतम प्रतिबद्धताबारे प्रस्तुति दिने कार्यतालिका छ।

कार्यक्रमको अन्त्यमा सभापति रवि लामिछानेले पार्टीको आगामी रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकताका विषयमा आफ्नो मन्तव्य राख्दै प्रशिक्षणको समापन गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad