ad ad

राजनीति


नारायणकाजीले भने : मलाई कुनै खतरा छैन, सुरक्षाकर्मी फिर्ता लैजाऊ

नारायणकाजीले भने : मलाई कुनै खतरा छैन, सुरक्षाकर्मी फिर्ता लैजाऊ

नेपालखबर
बैशाख ३१, २०७७ बुधबार ८:१५,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूलाई सुरक्षा खतरा नभएको भन्दै सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गरेका छन्।

पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका श्रेष्ठले आफूलाई कुनै सुरक्षाको खतरा महसुस नभएको भन्दै राज्यको आवश्यकताका लागि आफूलाई उपलब्ध गराइएका सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गरेका हुन्।

लिपुलेक सीमा विवादपछि विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मी कटौती गर्ने चर्चा चलिरहेको बेला श्रेष्ठले सामाजिक सञ्जालमार्फ आफूलाई उपलब्ध गराइएका सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गरेका हुन्।

उनले आफूले पूर्व गृहमन्त्रीले लिने गरेको गाडी र तेल सुविधा सुरुदेखि नै नलिएको, सुरक्षाकर्मलाई फिर्ता पठाएको भए पनि चुनावअघि सुरक्षाका कारण सुरक्षा संयन्त्रले राख्न अनुरोध गरेपछि राखेको बताएका छन्।

‘मैले पूर्व गृहमन्त्रीले लिने गरेको गाडी र तेल सुविधा शुरुदेखि नै लिइनँ, सशस्त्र प्रहरी बलको पछुवा गाडी र सुरक्षाकर्मी आवश्यक नभएको ठानी केही समयपछि मैले नै जोड गरेर फर्काएँ तर गत चुनावअघि राज्यको सुरक्षा संयन्त्रले सुरक्षाका कारणले राख्न अनुरोध गरेकाले राखिएको हो’, सामाजिक सञ्जाल ट्विटरमा प्रवक्ता श्रेष्ठले लेखेका थिए, ‘थाहै छ, म पछुवा नियमित प्रयोग गर्दिनँ। मैले आफूलाई सुरक्षा खतरा महसुस गरेको छैन। राज्य संयन्त्रले त्यस्तो आँकलन गरेको छ भने पनि मेरोभन्दा राष्ट्रको सुरक्षा महत्वपूर्ण हुन्छ। त्यसैले राज्यको आवश्यकताकालागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध छ। यसबाट राज्यलाई अप्ठेरो परेकोभए क्षमा याचना।’

प्रवक्ता श्रेष्ठले चुनावअधि आफूलाई सुरक्षाकर्मी पनि नचाहिने र पार्टीको कामको बेला सरकारी गाडीको प्रयोग नगर्ने भन्दै सार्वजनिक यातायातको समेत प्रयोग गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .