काठमाडौँ क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले सुरुवाती अग्रता लिएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार, प्रारम्भिक गणनामा रास्वपाका प्रदीप विष्टले एक हजार २४६ मत पाएका छन्।
त्यस्तै, नेपाली कांग्रेसका हिमाल कार्कीले २४६ मत पाएका छन्। तेस्रो नम्बरमा रहेका नेकपा (एमाले) का विनोद श्रेष्ठको १६७ मत रहेको छ।
यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की रुपा महर्जनले २८ मत पाएकी छन्। अहिले दक्षिणकाली नगरपालिका–१ को मतगणना भइरहेको छ।
171
Shares

प्रतिक्रिया