राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्बद्ध युवा विद्यार्थीहरुले नेपाली भूमिमा भारतले हस्तक्षेप र अतिक्रमण गरेको भन्दै बिरोध प्रदर्शन गरेका छन्।
लैनचौरस्थित भारतीय दूतावास बाहिर प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गर्दै १५ प्रदर्शनकारीलाई पक्राउ गरेको छ। भारतले नेपाली भूमिबाट सडक निर्माण गरेको भन्दै भारतीय दूतावास अगाडि बिरोध प्रदर्शन गर्दा युवा विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको राप्रपा नेता राजाराम बर्तौलाले जानकारी दिए।
उनीहरुले लिम्पियाधुरा र लिपुलेक नेपाली भूमी हो, भारतीय सेना फिर्ता जाउ, नेपाली भूमि मिच्न पाइदैन, भारतीय विस्तारबाद मुर्दावाद, विदेशी हस्तक्षेप मुर्दावाद लगायतका नारा लेखेका प्लेकार्ड बोकेर बिरोध जनाएका थिए।
प्रहरीले उनीहरुलाई पक्राउ गरेर महेन्द्र पुलिस क्लबमा राखिएको छ। पक्राउ पर्नेमा राप्रपा नेतृ कुन्ती कुमारी शाही, सरस्वती लामा, प्रकाश रिमाल, महेश सिंह, मणि सिंखडा, कैलास कटुवाल, शशी भण्डारी, निराजन बम, जगदिश राजभण्डारी, जनक फडेरा, सन्तोषि शाही, हिक्मत कार्की, गुणराज राजभण्डारी, अभिषेक अधिकारी र विशाल राउत लगायका विद्यार्थी तथा युवाहरु रहेको नेता बर्तौलाले जानकारी दिए।
ट्विट गर्दै राप्रपा अध्यक्ष कमल थापाले पक्राउ गरिएकालाई तत्काल रिहा गर्न माग गरेका छन्।

प्रतिक्रिया