नेपाली सेनाकाे उपरथी दर्जामा पदोन्नती भएका ध्रुवराज खत्रीलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
लेखा सहायक रथी रहेका खत्री नेपाल सरकार, मन्त्रिपरिषद्को गत वैशाख २४ गतेको निर्णय बमोजिम लेखा उपरथी दर्जामा पदोन्नती भएका हुन्।
जंगी अड्डाले खत्रीलाई श्री सैनिक आर्थिक प्रशासन विभागको विभागीय प्रमुखको जिम्मेवारी दिएको छ।
सोमबार भएको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो।
3
Shares

प्रतिक्रिया