समाज


कोरोना भाइरस नियन्त्रणमा सहयोग पुर्‍याउन भारतीय नर्सको टोली युएई पुगे

कोरोना भाइरस नियन्त्रणमा सहयोग पुर्‍याउन भारतीय नर्सको टोली युएई पुगे

नेपालखबर
बैशाख २९, २०७७ सोमबार ९:५४,

उनीहरुलाई एस्टर डिएम हेल्थकेएर नामको कम्पनीले युएई लगेको हो।

यी नर्सहरु भारतीय कन्सुलेट र युएईको विदेश तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयको समन्वयमा युएई आइपुगेका हुन्।

भारतमा एस्टर अस्पतालमा क्रिटिकल केएर विषयमा तालिमप्राप्त ती नर्सहरुलाई दुबईस्थित कोरोनाभाइरस उपचार केन्द्रहरुमा खटाइने छ।

88 Indian nurses land in Dubai to help UAE fight COVID-19 pandemic ...

एस्टर डिएम हेल्थकेएरका संस्थापक अध्यक्ष डा. आजाद मूपेनले नर्सहरुको परिचालनले दुबै मुलुकबीचको गहिरो र विश्वासिलो सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गरेको बताए।

दुबई सरकारले दुबई वल्र्ड ट्रेड सेन्टरमा सामान्य किसिमका बिरामीको उपचार गर्न तीन हजार शय्याको फिल्ड अस्पताल निर्माण गरेको छ।

दुबई स्वास्थ्य प्राधिकरणका महानिर्देशक हुमेद अल कुतामीले कोरोनाभाइरससँग जुध्न दुबई सरकारले पर्याप्त तयारी गरेको बताएका छन्। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad