राजनीति


भारतले हाम्राे १९ किलोमिटर मिचेर सडक बनाएको छः सरकार

भारतले हाम्राे १९ किलोमिटर मिचेर सडक बनाएको छः सरकार

नेपालखबर
बैशाख २८, २०७७ आइतबार ५:११,

सरकारले भारतले नेपालको १९ किलोमिटर अतिक्रमण गरेर सडक बनाएको बताएको छ।

प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार बसेको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक १९ किलोमिटर नेपाली भूमि मिचेर बनाएको जानकारी दिएका हुन्।

यसको समाधान कूटनीतिक पहलबाट हुने विश्वास पनि उनले व्यक्त गरेका छन्। ‘हामीलाई विश्वास छ यो विषय कूटनीतिक पहलबाटै समाधान हुन्छ, तसर्थ यो मुद्दालाई अहिल्यै अन्तर्राष्टियकरण गर्नुपर्ने आवश्यकता छैन,’ बैठकमा उनले भने।

भारतले नेपाली भूमि मिचेर सडक बनाएकाे जानकारी पाउनेबित्तिकै यसकाे विस्तृत जानकारी पठाउन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिइसकिएकाे उनले जानकारी दिए।

बैठकमा सांसदले चीनसँगको सीमाका विषयमा पनि कुरा उठाएका थिए। जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीले यसलाई पनि सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै पहिले नेपाल भारतको सीमा निश्चित गर्न जरुरी रहेको जानकारी गराए।

बैठक पुनः भोलि बिहान बस्ने समितिका सदस्यले बताएका छन्।

याे पनि: 

सडक आफ्नै भूमिमा बनाएको भारतको दाबी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad