समाज


दिल्ली सरकारका कर्मचारीको कोरोना उपचार पाँचतारे होटलमा

दिल्ली सरकारका कर्मचारीको कोरोना उपचार पाँचतारे होटलमा

नेपालखबर
बैशाख २८, २०७७ आइतबार ५:३२,

कोरोना भाइरस (कोभिड—१९) महामारीले भारतलाई अप्ठ्यारो पारिरहँदा अरबिन्द केजरीवाल नेतृत्वको दिल्ली सरकार सक्रिय देखिएको छ। डाक्टर र स्वास्थ्यकर्मीको उत्साह बढाउन अग्रपंक्तिमा देखिएका केजरीवालले दिल्ली सरकार अन्तर्गतका कर्मचारीका लागि अर्को निर्णय लिएका छन्।

अब दिल्ली सरकार अन्तर्गत काम गर्ने कर्मचारीहरुको कोरोना उपचार पाँचतारे होटलमा हुनेछ। त्यसको सम्पूर्ण खर्च सरकारले व्यहोर्नेछ।

हिन्दूस्तान टाइम्सका अनुसार शुक्रबार दिल्ली सरकारको स्वास्थ्य विभागले यससम्बन्धी निर्देशन जारी गरेको छ। 

दिल्ली सरकारको स्वास्थ्य विभागले पाँच तारे होटलहरुमा बस्ने अधिकृत तथा उनीहरुका परिवार सदस्यले राजीव गान्धी सुपर स्पेसलिटी अस्पताल सरहको उपचार सुविधा उपलब्ध गराउने जनाएको छ। विभागले उपचार संयन्त्र जडान गर्न आदेश दिएअनुसार शाहदरा जिल्लाका तीन वटा होटलमा सो काम सुरु भइसकेको छ।

‘दिल्ली सरकार, स्वायत्त संस्थान, निगम तथा स्थानीय निकायमा काम गर्ने अधिकृत तथा उनीहरुका परिवार सदस्यको कोरोना पोजिटिभ उपचार राजीव गान्धी सुपर स्पेसलिटी अस्पतालको सुविधा अब होटल परिसरमै उपलब्ध हुनेछ’, निर्देशन उदृत गर्दै हिन्दूस्तान टाइम्सले लेखेको छ।

पछिल्लो समय दिल्लीमा कोरोना संक्रमित बिरामीको संख्या तीब्र बढिरहेको छ। ६ हजार ३१८ संक्रमित भएको दिल्लीमा २ हजार २० जनाको उपचार गरिएको छ।

१७० कोठा बुकिङ
कोरोना संक्रमणको महामारीबीच दिल्ली सरकारले अति आवश्यक सेवाका कार्यालय खुलै राखी काम गरिरहेको छ। इन्डिया टुडे अनलाइनका अनुसार दिल्ली सरकारको निर्णयमा शुक्रबार पाँचतारे होटलका १७० कोठा बुक गरिएको छ। यी कोठामा कोरोना संक्रमितको उपचारको पूर्ण व्यवस्था हुनेछ।

‘दिल्ली सरकार अधिकृत तथा उनीहरुका परिवार सदस्य संक्रमित भए उनीहरुलाई उपचार एवं क्वारिन्टिनका लागि कोठा उपलब्ध हुनेछ’, इडिया टुडे अनलाइनले लेखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad