राजनीति


प्रलोपाको प्रतिबद्धता: सगरमाथा आधारशिविरसम्म केबलकार, बंगलादेश जोड्ने सुरुङमार्ग

प्रलोपाको प्रतिबद्धता: सगरमाथा आधारशिविरसम्म केबलकार, बंगलादेश जोड्ने सुरुङमार्ग

नेपालखबर
फागुन ३, २०८२ आइतबार १७:४३, काठमाडौँ

प्रतिनिधि सभाको निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले ल्याएको चुनावी प्रतिबद्धतापत्रमा महत्वाकांक्षी योजना अघि सारिएको छ। 

प्रलोपाले आइतबार सार्वजनिक गरेको ३६ पृष्ठको प्रतिबद्धतापत्रमा दु्रत आर्थिक विकासका लागि रणनीतिक पूर्वधारको गुणस्तरीय विकास गर्ने लक्ष्य राखिएको छ। पूर्व-पश्चिम रेलमार्ग, चीनको केरुङबाट काठमाडौँ हुँदै भारतको रक्सौल जोड्ने रेलमार्ग निर्माण गर्न विशेष ध्यान दिइने उल्लेख छ। 

निर्माणाधीन र नयाँ गरी पूर्व-पश्चिम र उत्तर-दक्षिण लोकमार्ग र काठमाडौँ बाहिरी चक्रपथको द्रुत गतिमा निर्माण गरिने जनाइएको छ। प्रलोपाले भनेको छ, ‘काठमाडौँ मेट्रो रेलको सम्भाव्यता अध्ययन गरी कार्यान्वयन गरिनेछ।’

यससँगै प्रलोपाले सगरमाथा आधारशिविरसम्म केबलकार बनाउने योजना पनि अघि सारेको छ। ‘काठमाडौँ-सगरमाथा बेसक्याम्प, दिपायल-खप्तड-रारा, सुर्खेत-जुम्ला-खाँदाबारी र केचनाकवल-फक्ताङलुङ (कुम्भकर्ण)-सेसेलुङ (कञ्चनजंघा) केवलकारको सम्भाव्यता अध्ययनगरी कार्यान्व्यन गरिनेछ,’ प्रतिबद्धतापत्रमा भनिएको छ। 

प्रलोपाले बंगलादेश जोड्ने सुरुङमार्ग वा रेलमार्ग निर्माणका लागि पहल गर्ने पनि प्रतिबद्धता जनाएको छ। ‘नेपाल-बंगलादेश आवागमन सहज बनाउन भारतको १३ किमि भूभागमा सुरुङमार्ग वा स्थलगत रेलमार्ग निर्माणका लागि कूटनीतिक पहल गरिनेछ,’ प्रलोपाले भनेको छ। 

त्यस्तै, लोकमार्गहरू निर्माण र स्तरोन्नति, सहज यातायातका लागि प्रदेश राजधानीलाई मूल लोकमार्गसँग जोड्न् चार लेनको सडक तथा जिल्ला-पालिका सदरमुकाम जोड्ने आन्तरिक यातायात पूर्वधार गुणस्तरीय रुपमा विकास गर्ने पनि प्रलोपाको चुनावी प्रतिबद्धता रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad