राजनीति


अब सिंहदरबार पनि जल्नुहुँदैन, गोली पनि चल्नुहुँदैन: गगन थापा

अब सिंहदरबार पनि जल्नुहुँदैन, गोली पनि चल्नुहुँदैन: गगन थापा

नेपालखबर
फागुन ३, २०८२ आइतबार १८:१, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगन थापाले अब सिंहदरबार पनि नजल्ने र गोली पनि नचल्ने शासन व्यवस्था आवश्यक भएको बताएका छन्। 

आइतबार मतदाता भेटघाट कार्यक्रममा बोल्दै सभापति थापाले आगामी पाँच वर्ष सरकारले जनभावनाअनुसार, काम गर्नुपर्ने बताए। ‘अब सिंहदरबार पनि जल्नुहुँदैन, गोली पनि चल्नु हुँदैन,’ थापाले भने, ‘हामीले कर्तव्यबोध गरेर काम गर्नुपर्छ।’

उनले कुशासनबाट जनता आजित भएको जिकिर गरे। ‘सुशासन कायम गर्नुपर्छ। जनता कुशासनले आजित भएका छन्,’ उनले भने। 

आगामी पाँच वर्ष सुधारका धेरै काम गर्नुपर्ने उनको भनाइ थियो। ‘युवालाई रोजगारी चाहिएको छ, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत विषयमा काम गर्नुपर्नेछ,’ थापाले भने, ‘त्यसैले देश सम्हाल्न राष्ट्रिय दलले कर्तव्य बोध गरेर काम गर्नुपर्ने हुन्छ।’

आगामी पाँच वर्ष गर्ने कामको सूची बनाइसकेको बताउँदै जनतालाई परिणाम दिनुपर्ने समय आएको उनको भनाइ थियो। अब आनाकानी गर्ने छूट नभएको उनले बताए। 

थापा आगामी निर्वाचनका लागि सर्लाही-४ बाट उम्मेदवार बनेका छन्। उनी मतादाता भेटघाटमा व्यस्त रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad