प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई प्रदेशको प्रहरी प्रमुख बनाउने विषयमा संसदको राज्य व्यवस्था समितिमा सहमति जुटेको छ।
यसअघि सरकारले प्रदेश प्रहरीको प्रमुखको जिम्मा डीआईजीलाई नै दिँदै अएको थियो।
बुधबार बसेको राज्य व्यवस्था समितिको बैठकमा प्रहरी विधेयककका सम्बन्धमा सरकारले अगाडि सारेको प्रस्तावमै सहमति जुटेको हो।
त्यस्तै प्रदेश प्रमुखको सरुवा संघले गर्ने पनि सहमति भएको छ। प्रमुख र अन्य प्रहरीले प्रदेश प्रहररी कै पोशाक र दज्र्यानी चिन्ह लगाउनेछन्।
यसअघि सांसदहरुले प्रदेश प्रहरी प्रमुखमा एआईजी हुनुपर्ने प्रस्ताव राखेको थिए। पूर्वगृहमन्त्री एवं नेकपाका सांसद जनार्दन शर्माले मंगलबारको बैठकमा एआईजीलाई प्रदेश प्रहरी प्रमुख बनाउन प्रस्ताव गरेका थिए।
यो सहमतिसँगै अब प्रहरी समायोजको बाटो खुलेको छ। सातै प्रदेशमा डीआईजीसहित ५५ हजार प्रहरी समायोजनमा जाने र २० हजार प्रहरी संघमा रहनेछन्।

प्रतिक्रिया