राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको निर्वाचनका लागि ल्याउने करारपत्रको नमुना सार्वजनिक गरेको छ। जसमा पाँच वटा विषय समावेश गरिएका छन्।
रास्वपाका सभापति रवि लामिछानेले प्रतिनिधि सभा निर्वाचनका लागि नागरिक करारपत्र ल्याउने लागेको जनाएका छन्। रास्वपाले चुनावी घोषणापत्रको ठाउँमा नागरिक करार पत्र ल्याउन लागेको हो।
आइतबार लामिछानेले सार्वजनिक गरेको करारपत्रको नमुनामा पाँच विषय समेटिएका छन्। पहिलो, सदाचार र असल शासन। यस अन्तर्गत भ्रष्टाचार विरोधी महाअभियान सञ्चालन गर्ने र २०४६ सालदेखिकै सम्पत्ति छानबिन गर्न उच्च स्तरीय आयोग गठन गर्ने भनेको छ।
दोस्रो, मध्यम वर्गीय विस्तार। नागरिकको औषत वार्षिक प्रतिव्यक्ति आय ३ हजार डबलर पु¥याउने, जन्मदेखि मृत्युसम्म आवश्यकतामा आधारित एकीकृत सामाजिक सुरक्षाको ग्यारेन्टी गर्ने उल्लेख छ।
तेस्रोमा रास्वपाले काम भनेको छ। रास्वपाले १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने जनाइएको छ।
चौथो, कनेक्टिभिटी। यसअन्तर्गत गणस्तरीय सडक र हवाई सञ्जाल, सुलभ इन्टरनेटको व्यवस्था गर्नै जनाइएको छ। त्यस्तै, १० वटा राष्ट्रिय महत्त्वका ‘सिग्नेचर आयोजना’ सम्पन्न गर्ने पनि उल्लेख छ।
पाँचौ, प्रवास। विदेशमा बस्ने नेपालीलाई अनलाइन मतदानको व्यवस्था, सुरक्षित लगानी र सम्मानित देश फिर्तीको वातावरण बनाउने तथा मर्यादित वैदेशिक रोजगारीको व्यवस्था गर्ने जनाइएको छ।
चुनावका लागि करारपत्रबारे विस्तृत जानकारी भने फागुन ७ गते सार्वजनिक गर्ने लामिछानेले जनाएका छन्।

Shares

प्रतिक्रिया