राजनीति


भारतीय दूतावास अगाडि अनेरास्ववियूको प्रदर्शन, दुई दर्जन पक्राउ (भिडियो)

भारतीय दूतावास अगाडि अनेरास्ववियूको प्रदर्शन, दुई दर्जन पक्राउ (भिडियो)

नेपालखबर
बैशाख २७, २०७७ शनिबार ७:४८,

भारतले नेपाल भूमि लिपुलेकमा सडक बनाएको विरोधमा विद्यार्थीहरुले भारतीय दुतावास अगाडि प्रदर्शन गरेका छन्।

शनिबार विद्यार्थीहरुले काठमाडौंस्थित भारतीय दूतावास अगाडि लैनचौरमा प्लेकार्ड सहित प्रर्दशन गरेका हुन्।

त्यस क्रममा केही विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ। सत्तारुढ नेकपा निकट अनेरास्ववियूका नेता सुदेश पराजुली, केन्द्रीय सदस्यहरु यशु लामा, महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चापागाई लगायत दुई दर्जन विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको अनेरास्ववियूले जनाएको छ।

भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट शुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले निर्माण गरेको सडकले नेपाल–भारतबीच फेरि सीमा विवाद चर्काएको छ।

विद्यार्थीहरूले भारतको यही हस्तक्षेपका विरुद्धमा काठमाडौंमा प्रदर्शन गरेका हुन्। विद्यार्थीहरूले कालापानी फिर्ता गर, भारत फिर्ता जाऊ जस्ता नारा लगाएका थिए।

शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीमा उद्घाटन गरेको ७८ किलोमिटर लामो उक्त सडक नेपालको कालापानी, लिपुलेक र नावीढांग क्षेत्रमा पर्दछ।

यसबारे नेपाल सरकारले आफ्नो दूताबासमार्फत भारत सरकारबाट आधिकारिक विवरण खोजिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad