गत २४ घण्टामा भारतमा थप ३ हजार ३२० जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा भारतमा कोरोना भाइरसको संक्रमणबाट ९५ जनाको मृत्यु भएको र यससँगै भारतमा यस प्रकोपबाट मृत्यु हुनेहरुको सख्या १ हजार ९८६ पुगेको छ।
यस संक्रमणबाट निको भएका विरामीको संख्या १७ हजार ८९७ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ।
भारतमा शनिबार बिहानसम्मको तथ्याङ्कअनुसार हाल यो रोगका ३९ हजार ८८२ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन्।
कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन्। यहाँमात्र १९ हजार ६३ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन्। महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ। त्यहाँ ७ हजार ४०२ जनामा कोरोना भाइरसको संक्रमण रहेको छ। दिल्लीमा कोरोना भाइरसको संक्रमणबाट ६ हजार ३१८ जना विरामी छन्।
कोराना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ। भारतले शुक्रबार मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो।
भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो। दोस्रो लकडाउन १५ अप्रिलमा शुरु भएको थियो। दोस्रो लकडाउन मे ३ मा सकिदै थियो। कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको थियो। रासस/एएनआई
Shares

प्रतिक्रिया