विश्वभर हालसम्म ४० लाखभन्दा बढी मानिस कोरोना भाइरस ‘कोभिड १९’ बाट संक्रमित बनेका छन्।
शनिबारसम्म ४० लाख १६ हजार २१ जनामा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये हालसम्म २ लाख ७६ हजार २६९ जनाको मृत्यु भएको छ भने १३ लाख ८७ हजार ५२७ उपचारपछि स्वस्थ बनेका छन्।
हालसम्म अमेरिकामा सबैभन्दा बढी कोरोना संक्रमित देखिएका छन्। अमेरिकामा १३ लाख २२ हजारमा कोरोना देखिएको छ। त्यहाँ ७८ हजारको मृत्यु भइसक्दा २ लाख २३ हजार उपचारपछि स्वस्थ बनेका छन्।
हालसम्म पनि कोरोनाको खोप र औषधि बन्न सकेको छैन। अैषधि र खोपहरु परीक्षणकालमै छन्।
खोप र औषधि नबनिन्जेल सरसफाइमा ध्यान दिने, दोहोर्याउँदै हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, रुघाखोकी तथा निमोनिया भएका बिरामीको नजिक नजाने, व्यक्ति व्यक्तिबीचको दुरी कायम गर्ने, भीडभाडमा नबस्ने जस्ता उपाय अपनाए कोरोनाबाट बच्न सकिने विज्ञ बताउँछन्। एजेन्सी

प्रतिक्रिया