राजनीति


काठमाडौँ ५ : नीति निर्माणका लागि कांग्रेस महामन्त्री पौडेलले मागे सुझाव

काठमाडौँ  ५ : नीति निर्माणका लागि कांग्रेस महामन्त्री पौडेलले मागे सुझाव

फाइल तस्बिर


नेपालखबर
माघ १७, २०८२ शनिबार १५:३३, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले नीति निर्माणका लागि भन्दै सुझाव संकलन सुरु गरेका छन्। 

महामन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत नीति निर्माणका लागि सार्वजनिक सुझावको आह्वान गरेका हुन्।

‘आगामी पाँच वर्षका लागि काठमाडौँ ५ को नीति निर्माणमा अमूल्य सुझाव अपेक्षा गरेको छु,’ उनले भनेका छन्।

नेता पौडेलले सबै नागरिकले सुझाव दिनसक्ने भन्दै अनलाइन तथा भौतिक दुवै माध्यमबाट सुझाव लिइरहेको जानकारी दिएका छन्। 

‘यस क्षेत्र र राष्ट्रको नीति निर्माणका लागि दिएको विश्वासकै आधारमा प्रतिनिधि सभामा निर्वाचित भएको थिएँ,’ उनले भने, ‘यसपाली आगामी कार्यकालका लागि नागरिकको चाहनाअनुसार अघि बढ्न सुझाव संकलन थालेको हुँ।’

नेता पौडेलले विभिन्न क्षेत्रका विशेषज्ञता प्राप्त क्षेत्रसँग भेटघाट गरेर समेत सुझाव संकलन गरिरहेका छन्। 

विगतमा आफूले गरेको काम सार्वजनिक गर्दै प्राप्त सुझाव र विज्ञहरुको प्रतिक्रियाका आधारमा आगामी योजना समेत सार्वजनिक गर्ने तयारी भैरहेको उनको सचिवालयले जनाएको छ।

पौडेलले पार्टीको चुनावी घोषणापत्रका लागि समेत विषय विज्ञहरुबाट सुझाव संकलन गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad