राजनीति


सुरुमा सूर्य, अन्तिममा गाई: यस्तो हुनेछ समानुपातिक तर्फको मतपत्र

सुरुमा सूर्य, अन्तिममा गाई: यस्तो हुनेछ समानुपातिक तर्फको मतपत्र

नेपालखबर
माघ १७, २०८२ शनिबार १५:५२, काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि समानुपातिकतर्फ ५८ चुनाव चिह्नसहितको नमूना मतपत्र निर्वाचन आयोगले सार्वजनिक गरेको छ। 

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ९३ वटा राजनीतिक दलले नाम दर्ता गराए पनि ६४ वटा दलले मात्रै समानुपातिकतर्फको बन्दसूची निर्वाचनमा आयोगमा बुझाएका थिए। 

बन्दसूची पेश गर्ने दलहरूमध्ये ५४ वटा दलले आ–आफ्नै निर्वाचन चिह्न प्रयोग गरी चुनावमा प्रतिस्पर्धा गर्दैछन्। बाँकी १० वटा दलले विभिन्न क्लस्टरमा रही चारवटा साझा निर्वाचन चिह्नमार्फत निर्वाचनमा भाग लिन लागेका हुन्। 

यसअघिका चुनावमा बन्दसूची पेश हुनुअघि नै मतपत्र छपाई हुँदै आएको थियो। जसले गर्दा सबै दलका चुनाव चिह्न मतपत्रमा राखिने गरेको थियो। 

यसपटक भने समानुपातिक बन्दसूची पेश गरेका दलको चुनाव चिह्न मात्रै राखेर मतपत्रको छपाई गरिएको हो। जसअनुसार समानुपातिकतर्फ प्रयोग हुने निर्वाचन चिह्नको संख्या ५८ मात्रै छन्। 

समानुपातिक तर्फको मतपत्र छापिइसकेको निर्वाचन आयोगले जनाएको छ।

समानुपातिक तर्फको मतपत्रमा सबैभन्दा अगाडि नेकपा एमालेको चुनाव चिह्न सूर्य रहनेछ। त्यसपछि क्रमशः कांग्रेसको रुख, नेकपाको पाँचकुने तारा, रास्वपाका घण्टी, जसपाको छाता, जनमतको माइकसहितका चुनाव चिह्न राखिएका छन्। 

सबैभन्दा अन्तिममा भने गाई चुनाव चिह्न राखिएको छ। 

हेर्नुहाेस् समानुपातिक तर्फको नमूना मतपत्र

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad