राजनीति


निर्वाचनमा वडा तहसम्म समन्वय गर्न अवधारणा तयार

निर्वाचनमा वडा तहसम्म समन्वय गर्न अवधारणा तयार

नेपालखबर
माघ १६, २०८२ शुक्रबार १५:७, काठमाडौँ

प्रतिनिधि सभाको निर्वाचनमा वडा तहसम्म समन्वय गर्न गृह मन्त्रालयले अवधारणा तयार गरेको छ। 

वडा तहमा क्रियाशिल रहेका राजनीतिक दलका पदाधिकारी एवं प्रबुद्ध व्यक्तिको सहभागिता अभिवृद्धि गर्न अवधारणा तयार गरिएको हो। उनीहरू निर्वाचनका सबै प्रक्रियामा सहभागि गराई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरण सिर्जना गर्न सहयोग पुग्ने मन्त्रालयले जनाएको छ। 

निर्वाचनका सबै प्रक्रियामा राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत, निजी क्षेत्र एवं प्रबुद्ध व्यक्तिलाई सहभागी गराउन ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्ने सम्बन्धी अवधारणा, २०८२’ तयार गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए। 

यसै अबधारणा अनुसार, काम गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको काफ्लेले बताए। अवधारणा कार्यान्वयनको लागि प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका सबै पदाधिकारीको जिम्मेवार तोकिएको छ। यसको कार्यान्वयनको अनुगमन र निगरानी गर्ने जिम्मेवारी गृह मन्त्रालय र सुरक्षा निकायका केन्द्रीय कार्यालयको हुने व्यवस्था गरिएको छ। 

वडा तहमा रहेका त्यस्ता व्यक्तिको पहिचान गरी सूची तयार गर्ने, मतदान स्थलको स्थलगत निरीक्षणको क्रममा बैठक गर्ने, समय–समयमा प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा समितिका पदाधिकारीसँग सम्पर्क गर्ने व्यवस्था गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad